छोटेराजालाई प्रधानमन्त्री अफर एमालेले गर्दैनः महेश बस्नेत

पाेखरा | बैशाख २४, २०८०

छोटेराजालाई प्रधानमन्त्री अफर एमालेले गर्दैनः महेश बस्नेत

पोखरा:     नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सस्तो लोकप्रियताको लागि छोटे राजालाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने बताएका छन् । 


प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले सस्तो लोकप्रियताका लागि कसैलाई एमालेले प्रधानमन्त्रीको अफर नगर्ने र एमालेको प्रचार विभागले कुनै सिरियल निर्माण गर्ने त्यसमा प्रधानमन्त्रीको रोल दिन सक्ने बताएका हुन् । 


केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हो भन्ने प्रश्नमा नेता बस्नेतले यस्तो प्रतिक्रिया दिए । 


‘नेकपा एमाले त्यस्तो सस्तो लोकप्रियताका लागि कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन, स्तरहीन र राजनीतिक चेतना नभएका कसैलाई एमालेले प्रधानमन्त्रीको अफर ग¥यो भन्नु हास्यापद हो, उनले भने, ‘एमालेको प्रचार विभागले कुनै सिरियल बनाए त्यसमा प्रधानमन्त्रीको रोल चाँहि दिन सकिएला, मुलुकको प्रधानमन्त्रीको अफर एमालेले कसैलाई गरेको छैन ।’  


उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएकालाई एमालेले नभएर फेसबुक र सामाजिक सञ्जालले प्रधानमन्त्री बनाउने भन्दै व्यङ्ग्य गरे । 


‘नयाँ उदय भएका राजनीतिक पार्टीहरुको पनि प्रधानमन्त्री बन्ने चाहना छ, प्रधानमन्त्री पनि कस्तो भन्दा फिल्मको नायक जस्तो, २४ घण्टा, १ सय दिन दिनुहोस् देखाइदिन्छौं भन्ने, उनले भने, ‘मैले अरुको बारेमा धेरै टिका टिप्पणी गर्दिन, सस्तो लोकप्रियताको लागि नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन ।’


उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट हुँदा पनि च्याखे दाउ थापेर प्रधानमन्त्रीको जुँवा खेलीरहेको र त्यसमा दाउ लागेकोसमेत बताए । 

यस्तै उनले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने समेत बताएका छन् ।
 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्